काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको १९६ औं बैठकले आव २०८१/८२ सम्मको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
संस्थाले १४.२५ प्रतिशतले बोनश शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।





















