काठमाडौं । उत्कृष्ट निर्यातकर्तालाई सम्मानित गर्दै नेपाल हस्तकला महासंघको ५३औँ वार्षिकोत्सव सम्पन्न भएको छ । २०२९ मंसिर २८ गते साविक नेपाल हस्तकला उद्योग संघको रुपमा स्थापना भएको नेपाल हस्तकला महासंघबाट २०८२ मंसिर २८ गते आइतबार ललितपुरमा आफ्नो ५३ औँ वार्षिकोत्सव तथा १४ औँ हस्तकला दिवस विविध कार्यक्रमहरु आयोजना गरि मनाइएको हो ।
महासंघका अध्यक्ष रविन्द्र शाक्यले ५३ औँ वार्षिकोत्सव तथा १४ औँ हस्तकला दिवस सचिवालयमा आयोजित कार्यक्रममा झण्डोतोलन गरि प्रारम्भ गरे । त्यसैगरी सोही अवसरमा ललितपुर स्थित बागमतीको पुल नजिक रहेको महासंघको स्वर्ण स्तम्भमा माल्र्यापण पनि गरिएको थियो ।
उक्त अवसरमा महासंघले मंगलबजार, ललितपुर स्थित पाटन संग्रहालयमा नेपाल उद्योग, वाणिज्य महासंघको सहयोगमा नेपाल हस्तकला महासंघका अध्यक्षको सभापतित्व एवं नेपाल उद्योग, वाणिज्य महासंघका कार्यबहाक अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा हस्तकला क्षेत्रका सिद्धहस्त विभिन्न विधामा संलग्न ७० वर्ष उमेर पुरा भएका १७ जना जेष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरेको थियो । उक्त सम्मान कार्यक्रममा महासंघका उपाध्यक्ष तथा कला तथा शिल्प परिषद्का सभापति नविन शाक्य र कलाकार सम्मान समितिका संयोजक सुजन रत्न शाक्यले पनि कलाकार सम्मान सम्बन्धमा आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी महासंघका अध्यक्षको सभापतित्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रमुख आातिथ्यतामा भएको औपचारिक कार्यक्रममा हस्तकला निकासीमा महत्वपूर्ण योगदान पु¥याउने अग्रणी निर्यातकर्ता उद्यमी र कलाकारलाई कदर गरि सम्मान गरिएको थियो ।
सम्मानित निर्यातकर्ता र कलाकारहरु यसप्रकार रहेका छन्ः
१. सदस्यमा उत्कृष्ट निकासीकर्ता श्री एभरेष्ट फेसन– प्रथम
२. सदस्यमा उत्कृष्ट निकासीकर्ता श्री ओम साई राम फेल्ट प्रोडक्ट प्रा लि– द्वितीय
३. सदस्यमा उत्कृष्ट निकासीकर्ता श्री एभरेष्ट फेशन फेल्ट एण्ड निट प्रा.लि.–तृतीय
४. गैर सदस्यमा उत्कृष्ट निकासीकर्ता श्री फिन्जो सोनाम इन्टरप्राईजेज–प्रथम
५. १० करोड भन्दा माथि निकासी समूहका श्री देवचक्र एक्सपोर्ट प्रा.लि
६. १० करोड भन्दा माथि निकासी समूहका श्री माईन्डपूmल क्राफ्ट प्रा.लि
७. उत्कृष्ट उद्यमी बागमती आर्टस एण्ड ह्याण्डिक्राफ्टसकी श्री सगुना श्रेष्ठ
८. परम्परागत विधामा उत्कृष्ट कलाकार श्री मनोज शाक्य
९. नेपाल कुरियर सेवा संघ
१०.हस्तकला प्रवद्र्धन सम्बन्धी कार्यमा सहयोग पु¥याउने एभरेष्ट दी कार्गो
साथै महासंघको वार्षिकोत्सव तथा हस्तकला दिवस कार्यक्रमको प्रायोजन गरेकोमा न्यू विजनेस एज लिमिटेड (आर्थिक अभियान), एनएमबि बैँक लिमिटेड, फेडेक्स, विराट ग्लोबल प्रालिलाई पनि उक्त अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा महासंघ र एनएमबि बैँक बीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर पनि गरिएको थियो ।






















