काठमाडौं । आज बिहानदेखि लागु हुने गरी बजारमा डिजेल र मट्टितेलको भाउ घटेको छ भने पेट्रोलको भाउ बढेको छ । नेपाल आयल निगमले १५ दिनका लागि मूल्य समायोजन गरेको हो । भारतीय आयल निगमबाट हरेक १५/१५ दिनमा प्राप्त हुने नयाँ मूल्यसूचिअनुसार मूल्य समायोजन गर्ने गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट १५ डिसेम्बरमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रति लिटर रु. ६.९३ ले घटेर तथा पेट्रोलमा रु. १.९४ ले बढेर आएको र सोहीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको नयाँ निर्णयानुसार आज बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर डिजेल/मट्टितेलमा प्रति लिटर रु.४ ले घटाईएको तथा पेट्रोलमा प्रति लिटर रु. २ ले बढाईएको छ ।
नयाँ मूल्यसूचिअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पर्दछ ।






















