Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ज्योति विकास बैंकका कर्मचारीमाथि भएको आपराधिक घटनाप्रति बैंक वित्तीय संस्थाको गम्भीर ध्यानाकर्षण र सर्वत्र विरोध

दोषीलाई कानुनी कठघरामा ल्याउन माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको सदस्य बैंक, ज्योति विकास बैंक लिमिटेडको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न भनी छलफलमा बोलाई ज्योति विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरुलाई मंसिर २४ गते ऋणी प्रालिका संचालकहरु तथा निजका सहयोगीहरुले आफ्नो नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार गर्दैे आक्रमण गरेकोे गम्भीर आपराधिक घटनाप्रति बैंक वित्तीय क्षेत्रका संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेको यस क्षेत्रको भनाइ छ ।

एक संयुक्त विज्ञप्तिमार्फत यस क्षेत्रका संस्थाहरुले भनेका छन्, ‘कर्जा असुली गर्नु बैंकको जिम्मेवारी हो र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु हो । सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय हो । यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन–कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पुर्याई चुनौती दिएको छ ।’

बैंक तथा वित्तीय संस्थाहरूले नियमानुसार अपनाएको असुली प्रक्रिया तथा धितो लिलामी लगायतका विषयमा असहमति भएमा गुनासो गर्ने, अदालती प्रक्रियामा जाने लगायतका कानुनी प्रक्रिया हुँदा हुँदै कानुनलाई नै आफ्नै हातमा लिई अराजक गतिविधिमा संलग्न भई गरिएको यस्ता आपराधिक कार्यहरूको उनीहरुले निन्दा गरेका छन् । बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीको लागि ऋणसँग संवादका लागि जाँदा सुनियोजित रुपमा कर्मचारीहरुको ज्यानै लिने मनसायले गरिएको यस्तो आपराधिक कार्यको घोर भत्सर्ना गरिएको छ ।

बैंक वित्तीय क्षेत्रका संस्थाहरुले यस्ता अपराधीहरूलाई समयमै कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गरी कर्मचारीहरुको मनोबल उच्च बनाई शान्ति सुरक्षाको अनुभूति प्रदान गर्नुपर्नेमा सम्बन्धित निकायमा घटना घटेकै दिन समयमै जानकारी गराइएता पनि तत्काल सम्बोधन हुन नसकेको प्रति सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले, ‘यस सम्बन्धी सूचना प्राप्त हुनासाथ सुरक्षा निकायबाट स्वतः रुपमा अनुसन्धान अगाडि बढाउनु पर्नेमा यो विज्ञप्ती निकालुन्जेल सम्म पनि जाहेरी दर्ता नहुनु अत्यन्त खेदनीय भएकोले सो सम्बन्धमा स्थानीय प्रहरी प्रशासनको समेत गम्भीर कमजोरी देखिएको हुँदा यथाशिघ्र अपराधीहरुलाई कानूनी दायरमा ल्याउन ध्यानाकर्षण गराउँदछौं । भविष्यमा यस्ता अपराधिक कार्यहरु दोहोरिन नदिने वातावरणको सुनिश्चित्ता गरी यस्ता घटनाको कुनै पनि माध्यमबाट सूचना प्राप्त हुनासाथ सम्बन्धित पक्षकोे जाहेरी नआएता पनि अपराधीहरुलाई कानूनी दायरामा ल्याई तत्काल सम्बन्धित सरकारी निकायले तदारुकताका साथ कारवाही गर्न समेत जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएका छ ।

बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिहरूलाई निरुत्साहित गर्दै सजग र जिम्मेवार रहन सम्पूर्ण जनमानसमा बैंक वित्तीय संस्थाहरुले अनुरोध पनि गरेका छन् ।

Health Tips Ad Road Block