काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि सदस्य रहेको श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेकपा एमाले निकट मानिन्छन् तापनि वर्तमान सरकारले राजनीतिक नभनी विज्ञलाई छानेको जानाकारहरु बताउँछन् ।
उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशक रहँदै उनी काजमा राष्ट्रिय योजनाको सदस्य बनेका थिए । पछि गभर्नर पदमा उनको पनि सम्भावना देखिए पनि उनले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजिनामा दिएका थिए । तर सरकारले उनलाई गर्भनर नियुक्त गरेन । सरकारले आयोग सदस्यमा प्रा.डा. सुनिती श्रेष्ठ हाडालाई नियुक्त गरेको छ ।






















