Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनपीएल सिजन–२ मा नेपालले नयाँ विजेता पाउँदै, सुदूरपश्चिम र लुम्बिनीबीच आज फाइनल भिडन्त

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ । आज नेपालले नयाँ एनपीएल विजेता पाउँदैछ । दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र फाइनल पुगेको नयाँ टिम लुम्बिनी लायन्स भिड्दैछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा स्थान बनाएर उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदारका लागि अब्बल टिम हो । पहिलो सिजनमा गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने दाउमा छ ।

अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी पनि यसपटक ट्रफी आफ्नो पोल्टामा पार्ने दाउमा छ । लिग चरणमा भएको यी दुईबीचको खेलमा भने सुदूरपश्चिमले ७ विकेटको जित निकालेको थियो । एनपीएलको विजेता को हुन्छ त्यसका लाष्गि आजको खेल पुरै हेर्नुपर्ने हुन्छ । विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।

Health Tips Ad Road Block