काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको ४४औं बैठकले हाल कायम रहेको चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांशमा लाग्ने कर समेत यसैमा समावेश रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ । प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई, आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण हुनेछ ।






















