काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको २४४ औं बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट ६.५ प्रतिशतले हुने नगद लाभांश (नगद लाभांशमा लाग्ने कर समेत गरी( वितरण गर्नेृ निर्णय गरेको छ । संचालक समितिले बोनस शेयर नदिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















