काठमाडौं । आज मंसिर २६ गते शुक्रबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलाको ३९०५ रुपैयाँमा पुगेर चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार तोलाको ३८०५ रुपैयाँ थियो ।
आज सुनको मूल्यमा पनि भारी वृद्धि भइ तोलाको २ लाख ५६ हजार ६ सय रुपैयाँ पर्दछ । हिजो सुनको मूल्य २ लाख ५३ हजार १०० रुपैयाँ रहेको थियो । मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको हो ।






















