काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
बिहीबार बसेको वित्तीय संस्थाको सञ्चालक समितिको ३८५औं बैठकले आव २०८१–०८२ सम्मको वितरण योग्य मुनाफा रकमबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्तालाई वितरण गरिनेछ ।





















