Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिटिजन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बिहान रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बसेको सञ्चालक समितिको १२५औं बैठकले कम्पनीको आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले नगद लाभांश दिने निर्ण गरेको हो । लाभांशमा लाग्ने कर समेत गरी कम्पनीले २० प्रतिशत नगद लाभांशको घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात् कम्पनीको आगामी नवौ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

Health Tips Ad Road Block