Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं- नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले नेपाल प्रिमियर लिग (NPL) २०२५ को अवसरमा “पारस दाईको मौकामा चौका” अभियान ल्याएको छ। यस अफर मार्फत उच्च-गति को, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

यस विशेष अभियान अन्तर्गत, २०० Mbps इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि :शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन्।

बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नि:शुल्क Nokia 5GHz Dual-Band Router पनि प्राप्त गर्नेछन्, जसले अझ राम्रो गति , बलियो कभरेज तथा स्थिर इन्टरनेट सेवा सुनिश्चित गर्दछ। त्यो पनि मात्र रु. ११,७५० (भ्याट सहित) मा उपलब्ध छ। वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीच NPL को उत्साहलाई अझ बढाइरहेको छ।

यस विशेष अफरमार्फत वाईफाई नेपालले देशभरका घरपरिवारहरूलाई उच्च-गति को इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार, “यो अफर NPL २०२५ को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो। २०० Mbps इन्टरनेट, नि :शुल्क Dual-Band Router र एक वर्ष र्षको बोनस सेवासहि त हामी सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र किफायती बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं।”

“पारस दाईको मौकामा चौका” अफर मंसिर २९, २०८२ सम्म लागू हुनेछ र यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुने कम्पनीले जनाएकाे छ।

 

Health Tips Ad Road Block