काठमाडौं । तारा गाउाँ रिजेन्सी होटल्स लिमिटेड(हायात रिजेन्सी काठमाडौं) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले नगद लाभांश मात्र दिने निर्णय गरेको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकबाट आव २०८१/८२ का लागि आफ्ना लगानीकर्ताहरुलाई ५ प्रतिशत नगत लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको पुस २३ मा हुन गइरहेको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















