काठमाडैं । नबिल बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ ।
शुक्रबार बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा बसेको सञ्चालक समितिको ६९४ औं बैठकले लाभांश दिने निर्णय गरेको हो । निर्णयअनुसार आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्न प्रस्ताव गरेको हो ।
बैंक सञ्चालक समितिले बोनस शेयर दिने निर्णय भने गरेको छैन ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















