Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आफ्नो सेग्मेन्टमा नयाँ सेफ्टी बेन्चमार्क स्थापना गर्दै स्कोडा कायलाकले पायो फाइभ-स्टार भारत NCAP रेटिङ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकले भारत NCAP क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ-स्टार रेटिङ प्राप्त गरेसँगै स्कोडा इन्डियाले सुरक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। भारत NCAP परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो र प्राप्त नतिजाहरूले पनि ग्राहकलाई उत्कृष्ट सुरक्षा प्रदान गर्ने स्कोडाको प्राथमिकतालाई अझ स्पष्ट बनाएको छ।

कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको छ। यो परिणामले गाडीभित्र रहेका वयस्क र बालबालिका दुवै एकदम सुरक्षित छन् भन्ने देखाउँछ। यसले यहि श्रेणीका अन्य सवारीसाधनका लागि एक उच्च मापदण्ड स्थापना गरेको छ। बेस भेरियन्टदेखि नै उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरहरूले हरेक स्तरमा यात्रुको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको देखिन्छ।

बालबालिकाको सुरक्षामा कायलाकले असाधारण प्रदर्शन गरेको छ। यसले फ्रन्टल अफसेट बारियर टेस्टमा उच्चतम १६ अंक (१००%) र १.५ र ३ वर्षका बच्चाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पूर्ण ८ अंक (१००%) पाउन सफल भयो। रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पनि यसले पूरा अंक प्राप्त गर्यो र भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९%) हासिल गर्यो। यी नतिजाहरूले स्कोडाले बच्चाहरूलाई महत्त्व दिएको देखाउँछन् र परिवारका लागि किलाक एक अत्यन्तै सुरक्षित र भरपर्दो विकल्प भएको पुष्टि गर्छन्।

कायलाकको यो उत्कृष्ट सुरक्षा प्रदर्शनले स्कोडा कुशाक र स्लाभिया जस्ता मोडलले ग्लोबल NCAP मा फाइभ–स्टार प्राप्त गरेको स्कोडाको सेफ्टी लिगेसीलाई निरन्तरता दिएको छ। स्कोडाले सधैं सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ। कायलाकको सुरक्षासम्बन्धी नतिजाहरूले ब्रान्डको वास्तविक सडक यात्रामा सबै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई फेरि पुष्टि गरेको छ।

सुरक्षा सँगसँगै कायलाकमा आराम, शैली र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन छ, जसले यसलाई भारतीय ग्राहकका लागि भरपर्दो र सन्तुलित एसयूभी बनाउँछ। यो एसयूभीले विश्वस्तरीय सुरक्षा मानक पूरा गर्ने मात्र होइन, दैनिक प्रयोगमा आवश्यक हुने व्यावहारिक सुविधाहरू पनि प्रदान गर्दछ। फाइभ–स्टार भारत NCAP रेटिङले यसको विश्वसनीयता मात्र बढाएको छैन, यात्रु र परिवारजनको सुरक्षा सर्वोपरी ठान्ने ग्राहकलाई मानसिक सान्त्वनासमेत प्रदान गरेको छ।

कायलाकमार्फत स्कोडा इन्डियाले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा नयाँ सुरक्षा स्तर सफलतापुर्वक स्थापना गरेको छ। क्र्यास टेस्टमा प्राप्त बलियो नतिजा, व्यापक सुरक्षा सुविधा र यात्रुको सुरक्षाप्रति निरन्तरको प्रतिबद्धताले गर्दा स्कोडाको उत्कृष्टता झनै मजबुत भएको छ। भारत NCAP परीक्षण पास गर्ने स्कोडाको पहिलो मोडलका रूपमा कायलाकले सुरक्षालाई विकल्प होइन, ब्रान्डको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ।

Health Tips Ad Road Block