काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।
आज नेपाली बजारमा सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ३६२५ रुपैयाँ रहेको छ ।






















