skip this News Page Tips Ad Road Block

एनपीएलमा आज दुई खेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आ बिहीबार दुई खेल हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुनेछ ।

पहिलो खेल बिहान ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजबीच हुनेछ । दोस्रो खेला अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच हुनेछ । पाँच खेलबाट चार अंक बटुलेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अंक जोडेको छ ।

अर्काे प्लेअफमा पुगिसकेको सुदूरपश्चिम राेयल्स र प्लेअफको बाटोमा रहेको चितवन राइनाेजबीच प्रतिष्पर्धा हुँदैछ । सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अंक जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने दबाब छ ।

Health Tips Ad Road Block