Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

ललितपुरका क्राफ्ट एण्ड कल्चर फेस्टिभल सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हस्तकला दिवसको अवसरमा बुधबारदेखि ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०८२ (क्राफ्ट एण्ड कल्चर फेस्टिभल) सुरु भएको छ । नेपाल हस्तकला महासंघ, ललितपुर महानगरपालिका वडा नम्बर १६ र पाटन संग्रहालयको सहयोगमा नेपाली कला र सांस्कृतिक धरोहरका रुपमा रूपमा रहेका नेपाली हस्तकलाको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएके आयोजकले जनाएको छ । ललितपुर महानगरपालिकास्थित पाटन दरवार स्क्वायर क्षेत्र र पाटन संग्राहलय परिसरमा प्रदर्शनी आयोजना भएको हो ।

नेपाल हस्तकला महासंघ र ललितपुर महानगरपालिका वडा नम्बर १६ हस्तकला तथा पर्यटन विकास समिति तथा पाटन संग्रहालयको संयुक्त तत्वावधानमा भएको हस्तकला प्रदर्शनीमा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहेको महासंघ अध्यक्ष रविन्द्र शाक्यले बताएका छन् । उनकाअनुसार प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुको अलाबा ललितपुर महानगरपालिका वडा १६ को हस्तकला तथा पर्यटन प्रवद्र्धन समितिबाट बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना प्रदर्शनी, जातीय पोशाक प्रदर्शनी र सोही वडाको साँस्कृतिक समितिबाट शास्त्रीय संगीत, विभिन्न विधाका चर्या नृत्य, अष्टमात्रिका नाच, कार्तिक नाच, लोकनृत्य लगायत धाः बाजा, दमोखिं बाजा नेपाल भाषाका लोकगीत लगायतको पनि प्रस्तुतिका साथै महासंघबाट कोरियास्थित इम्याकोको सहकार्यमा मुखौटा (मास्क) प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ । मास्क मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मास्क प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

मंंसिर २१ गतेसम्म सञ्चालन हुने नेवारी मौलिक खाद्य परिकारका तीन स्टलसमेत रहेको छ । बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले उद्घाटन गरेको प्रदर्शनीमा सर्वसाधारणाका लागि निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । विश्व कला परिषद्बाट कला नगरी घोषित ललितपुरको मुटु पाटन दरबार स्क्वायर क्षेत्रमा भएको कार्यक्रमको आफ्नै विशिष्ट पहिचान र महत्व रहेको ललितपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले बताएका छन् । पाटन संग्राहलयकातर्फबाट सुरेश लाखे, मेला संयोजक प्रताप शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य लगायतले प्रदर्शनीले हस्तकला तथा पर्यटन प्रवद्र्धन सघाउ पुग्ने बताएका छन् ।

Health Tips Ad Road Block