Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिए

सबै सरकारी सञ्चारमाध्यमले सामाजिक सुरक्षा कोषमा आवद्धता हुनेगरी गरे सम्झौता 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका सबै सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । आठौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर पहिलो चरणमा सरकारी सञ्चार माध्यमहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको हो ।
औपचारिक सङ्घ, सङ्गठनहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने कानुनी व्यवस्था अनुरुप सरकारी सञ्चारमाध्यमहरुलाई औपचारिक रुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कोषको आठौँ स्थापना दिवसको अवसरमा सरकारी सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको हो । प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र सम्बन्धित निकायका पदाधिकारीले हस्ताक्षर गरे ।

यसरी सम्झौतापत्रमा हस्ताक्षरसहित आदनप्रदान गर्नेमा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सार्वजनिक प्रसारण सेवा नेपाल (पीएसबी), प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमि निर्धारण समिति र न्यूनतम पारिश्रमिक निर्धारण समिति सामाजिक सुरक्षा कोषमा आवद्ध भएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कानुन भएता पनि हालसम्म विविध कारणले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका सरकारी सञ्चारमाध्यमलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको बताए ।

उनले सञ्चार मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खरेलले सरकारी सञ्चार माध्यमको सामाजिक सुरक्षामा आवद्धतासँगै सञ्चार संस्थानहरुको पनि आवद्धताको सुरुवात भएको उल्लेख गरेका छन्  । उनले सम्पूर्ण मन्त्रालय मातहतका निकायहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्दै लैजाने पनि बताएका छन् ।

सञ्चारमन्त्री खरेलले नेपालमा दर्ता भई सञ्चालनमा रहेका सम्पूर्ण निजी तथा सामुदायिक सञ्चार माध्यमहरुलाई पनि क्रमशः सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दै लगिने स्पष्ट पारेका छन्।

उनले सम्बद्ध सबैलाई सामाजिक सुरक्षाको दायरामा आवद्ध हुन आव्हानसमेत गरेका छन् ।

कोषका अनुसार बुधवारसम्म साढे २६ लाख नागरिक योगदानमा आधारित सामाजिक सुरक्षाको छाताभित्र समेटिएका छन् । कोषले श्रमिकका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना अशक्तता, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । उल्लेखित योजनाबाट श्रमिक र तिनका परिवारले विभिन्न सुविधा र सहुलियत प्राप्त गर्दै आइरहेको कोषले जनाएको छ ।

कोषमा हालसम्म रु ९५ अर्ब ६८ करोड योगदानमा आधारित रकम सङ्कलन भइसकेको छ । कोषबाट दुई लाख ५३ हजार १४३ श्रमिकले विभिन्न सुविधाबापत रु १७ अर्ब ७२ करोड दाबी भुक्तानी लिएका छन् । कोषले योगदानकर्तालाई स्वास्थ्य सुविधाको अतिरिक्त बचतको व्याज, निश्चित अवधिपछि मासिक पेन्सन, घर सापटी, शैक्षिक सापटीलगायत सहुलियत प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block