Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमाले खोटाङमा १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जना भिड्दै 

Citizenlife ad 2082 falgun to baishak 2083

खोटाङ । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्लाबाट छनौट हुने १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

५ जना खुल्ला प्रतिनिधिका लागि ४१ जना,३ जना महिलाका लागि ९ जना, १ जना युवाका लागि ११ जना र १ जना दलितका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको नेकपा (एमाले) खोटाङका अध्यक्ष देवबिक्रम राईले बताएका छन् ।

‘प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएपनि सहमतिमै प्रतिनिधि छनौट हुने अध्यक्ष राईले दावी गरेका छन् । प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई आज शुक्रबार एमाले जिल्ला कमिटी खोटाङको कार्यालयमा छलफलका लागि बोलाएका छौं ।त्यो छलफलबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गर्छौं’ अध्यक्ष राईले भने ।

एमालेका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज विशाल भट्टराईले भन्नुभयो एमाले खोटाङको इतिहासलाई फर्केर हेर्दा अहिलेसम्म कुनै महाधिवेशनमा प्रतिनिधि छनौट गर्दा चुनाव भएको छैन र यो पटक पनि महाधिवेशन प्रतिनिधि छनौट सर्वसम्मत रुपमा हुने भट्टराईले बताएका छन्  ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा सहित काठमाडौंमा यहीँ मंसिर २७ देखि २९ सम्म एमालेको महाधिवेशन हुँदैछ ।

Health Tips Ad Road Block