Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राजा च्याउ उत्पादन गर्दै आएको एनसी एग्रोटेकले आईपीओ निष्काशनको अनुमति माग्दै सेबोनमा दियो आवेदन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राजा च्याउमार्फत बजार ख्याति कमाएको एनसी एग्रोटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

नेपालमा कृषि क्षेत्रमा नेतृत्वदायी भूमिकमा निर्वाह गर्दै आएको कम्पनी सन् २०१८ देखि सञ्चालनमा रहेको छ । एनसी एग्रोटेक इण्ड्रष्ट्रिजको केन्द्रीय कार्यालय टोखा नगरपालिका, काठमाडौंमा रहेको छ भने उत्पादन स्थल पूर्वनवलपरासी गैँडाकोट, नवलपुरमा रहेको छ ।

कम्पनीले नेपाल सरकारको कृषि दशकको अभियानमा कृषि क्षेत्रलाई सफल बनाउने अभियानअन्तर्गत कृषि उत्पादन भई खेर गएका सामग्रीको स्वदेशी कच्चापदार्थ प्रयोग गरेर ताजा च्याउ उत्पादन गर्दै आएको छ । कम्पनीले औषधीय महत्व बोकेका यार्सागुम्बा, गानोडरमा (रातो च्याउ) लगायतका च्याउहरु र च्याउलाई अत्याधुनिक प्रविधिबाट प्रशोधन गरी ड्राई मसरुम, मसरुम सुप तथा क्यान मसरुम आदि बनाइरहेको छ । नेपाललाई च्याउमा आत्मनिर्भर बनाउने र उत्पादित च्याउ विदेश समेत निर्यात गर्ने उद्देश्यले गोब्रे च्याउ उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ (कम्पोस्ट) उत्पादन गरी नेपालभरका किसान तथा ठूला व्यावसायिक कृषकलाई बिक्रीवितरण गर्ने कार्य कम्पनीमार्फत हुँदै आएको छ । कम्पनीले च्याउ टिपिसकेपछि बाँकी रहेको कम्पोस्ट तथा बाँस प्रशोधन गर्दा निस्कने भुसलाई कोइलामा परिणत गरी वातावरणमैत्री कार्यहरु गर्दै आएको छ । त्यस्तै नेपालमा च्याउको व्यावसायिक तालिम दिने र च्याउ उत्पादनको प्रविधि तथा सबै खालका च्याउका बिउबीजन समेत उपलब्ध गराउने कार्य कम्पनीले गर्दै आइरहेको छ । यसका साथै कम्पनीले बाँसको टुथपिक, ससेज सिन्का, अगरबत्ती सिन्का, मुडाको सिन्कालगायत बाँसका अन्य सामग्रीसमेत उत्पादन गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block