Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

दिवंगत पत्रकार सुरेश रजकको परिवालाई सुरक्षण मुद्रणमा जागीर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ। सरकारले दिवंगत पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा मन्त्रालय मातहतको सुरक्षण मुद्रण केन्द्रमा पत्रकार रजकको धर्मपत्नी सुजन मगियालाई कम्प्युटर अप्रेटर पदमा रोजगारी दिइएको हो । आज सञ्चार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री खरेल र मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक देवराज ढुङगानाले सुजन मगियालाई कम्युटर अप्रेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरे । वि.सं २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनकोक्रममा दृश्य कैद गर्दागर्दै तीनकुनेको आगजनीमा जलेर पत्रकार रजकको निधन भएको थियो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारहरु सँधै असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गरे । उनले भने, “पत्रकार सुरेशको क्रियाशील पत्रकारको रुपमा जोखिम मोलेर पत्रकारिता गरिरहेको सन्दर्भमा दुःखद् निधन भएको छ । सुरेशका लागि केही गर्न पाए हुथ्यो भनेर मन्त्रालयलाई लागिरहेको थियो र नेपाल पत्रकार महासङ्घले पनि आग्रह गरिरहेको सन्दर्भमा सानो रुपमा भएपनि रोजगारीको पहल गरिएको छ । कानुनसम्मत रुपमा मुद्रण केन्द्रले रोजगारीको व्यवस्था गरेको छ, यसले थोरै भएपनि सुरेशको परिवारमा केही सान्त्वना मिल्ने अपेक्षा गरिएको छ ।”

सञ्चारमन्त्री खरेलले दिवंगत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री खरलले परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिवद्धता जनाए । उनले सुरेशलाई पत्रकार सहित घोषणा गर्नका लागि आफ्नोतर्फबाट आवश्यक पहल गर्ने बताए ।

मन्त्री खरेलले समतामूलक न्यायसँग पनि जोडिएको संवेदनशिल विषयमा पहलकदमीका लागि सिंगो मन्त्रालय र मुद्रण केन्द्रलाई धन्यवाद ज्ञापन गरे । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी दिर्नेशक ढुङ्गानाले पत्रकार सुरेश रजकको धर्मपप्नी सुजन मगियालाई केन्द्रमा कम्प्युटर अप्रेटरको रुपमा रोजगारी दिइएको उल्लेख गरे ।

दिवंगत पत्रकार सुरेश रजकका आफन्त पुरुषोत्तम मगियाले कार्यस्थलमै निधन भएका सुरेशको न्यायका लागि घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन, सहिद घोषणा गर्न र तीनकुनेमा रजकको सालिक निर्माणका लागि पहल गर्न आग्रह गरे । पत्रकार सुरेश रजकलाई सहिद घोषणा, तीनकुनेमा रजकको सालिक निर्माण, परिवारलाई रोजगारीको अवसर र घटनाको दोषीमाथि कारवाहीलगायतका माग रजकका परिवारले गर्दै आएको छ ।

Health Tips Ad Road Block