Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनपिएलको दोस्रो खेलमा चितवन राइनोजको जित, कर्णाली याक्स चार विकेटले पराजित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हराएको हो । जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय पालि खेले । उनले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन जोडे । यस्तै दीपक बोहराले ४२, सैफ जइफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोडे । बलिङमा कर्णालीका सोमपाल कामीले दुई तथा युनिस सिंह, युवराज खत्री र मार्क वाटले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो ।

कर्णालीका लागि भारतीय ओपनर प्रियाङ्क पान्चालले ९० रन बटुलेपनि  टोली हारबाट जोजिन सकेन । पान्चालले ४८ बलमा सात चौका र छ छक्काको सहयोगमा उक्त रन बनाएका थिए । यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाए । बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्विरले एक एक विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका रवि बोपरा प्लेयर अफ दि म्याच भए । जितसँगै चितवनले दुई अङ्क बनाएको छ । कर्णालीले हारबाट एनपिएलको सुरुवात गरेको छ ।

एनपिएल अन्तर्गत मङ्गलबार नै अर्को खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा भइरहेको छ । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हालेका छन् ।

तस्विर: क्यान

Health Tips Ad Road Block