काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले गतवर्षको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको ९५ औं बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.४७ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको १९ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।






















