Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईपीओको तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजको ब्यापार ४१ प्रतिशतले बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड २० लाखको ब्यापार गरेको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा कम्पनीको ब्यापार ४१.१५ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८१ मा कम्पनीको ब्यापार ३८ करोड ४० लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीको अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेसन एन्ड एमोरटाइजेसन (इबिटा) मार्जिन  २.९६ प्रतिशतबाट बढेर १६.८७ प्रतिशत पुगेको छ । जुन विगत ५ आर्थिक वर्ष यता कै उच्च हो। इबिटा मार्जिन भनेको कम्पनीको कर, ब्याज, ह्रासकट्टी र परिशोधन भन्दा अगाडीको आम्दानी हो । इबिटा मार्जिन बढेपनि कम्पनीको कर अघिको नाफा भने १ प्रतिशतभन्दा कम रहेको छ ।

कम्पनीले ८० करोड रुपैयाँ बराबरको कर्जाको रेटिंग गराएको छ, जस मध्ये ४९ करोड दिर्घकालिन प्रकृतिको कर्जा हो भने ३१ करोड अल्पकालीन प्रकृतिको कर्जा हो। रेटिंग एजेन्सी इन्फोमेरिक्सले दिर्घकालिन कर्जालाई डबल बि माइनस र अल्पकालीन कर्जालाई ए फोर को रेटिंग प्रदान गरेको छ ।

यो कम्पनी भुषाल ग्रुप अन्तर्गतको हो । यो कम्पनी पहिले भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालिको नाममा रहेकोमा गत जुलाईमा पब्लिक लिमिटेड कम्पनी बनेर नाम पनि परिवर्तन गरिएको हो ।

कम्पनीले तामा र एलुमिनियमका तार तथा केवल उत्पादनमा गर्ने गरेको छ ।  यसको कारखाना रुपन्देही जिल्लामा छ। कम्पनीको वार्षिक उत्पादन क्षमता २७०९ मेट्रिक टन रहेको छ । कम्पनीको ५ वटा प्रदेशमा गरि २१५ वटा डिलर रहेका छन् ।

अंकित भुषाल कम्पनीको प्रमुख शेयरधनी हुन्, उनीसँग कम्पनीको ९९.७६ प्रतिशत शेयर रहेको छ।

Health Tips Ad Road Block