धादिङ । पृथ्वी राजमार्ग नागढुङ्गा मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिकाभित्र सडक विस्तार र निर्माण तथा कालोपत्रेको काम शुरू गर्न लागिएको छ । त्यसक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष तथा आयोजनाका गुनासो समितिका संयोजक गणेशलाल श्रेष्ठको नेतृत्वमा छलफल एवं रायसुझाव संकलन गरिएको छ ।
आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीकोहरूको उपस्थितिमा गजुरी बजार क्षेत्रमा २ वटा पुल निर्माण र ६ लेन सडक विस्तारका लागि गजुरी बजारका बासिन्दाहरुको राय सुझाव तथा सल्लाह संकलन गरिएको गजुरी गाउँपालिकाले जनाएको छ ।
सडक मुअब्जाको विषयमा समेत सो अवसरमा छलफल भएको छ ।






















