Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालको एआई केन्द्रलाई थप प्रभावकारी बनाइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि नेपालमा एआई क्षेत्रमा काम गर्ने ऊर्जा र प्रोत्साहन मिलेको बताएका छन् । नेपालमा राष्ट्रिय एआई केन्द्र उद्घाटन गरेसँगै दक्षिण कोरिया पुगेर सञ्चारमन्त्री खरेलले सिओल एआई फाउण्डसनद्धारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गरेपछि कोरियाको सूचना प्रविधिका साथै एआई प्रविधि नेपालका लागि उपयोगी र सान्दर्भिक हुने उल्लेख गरे । उनले अवलोकन भ्रमणले नेपालको एआई क्षेत्रमा काम गर्नका लागि थप ऊर्जा र प्रोत्साहन मिलेको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले त्यहाँको एआई सिटी, एआई सेन्टर र एआईले गरेका कामको अवलोकन गरेको हो । एआई सिटी सेन्टर भ्रमणका क्रममा मन्त्री खरेलले भने, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरको भ्रमणले नेपालमा एआई केन्द्रमा काम गर्नका लागि थप ज्ञान र सिकाई मिलेको छ । यसबाट नेपालमा भर्खरै स्थापना भएको एआई केन्द्रलाई थप टेवा पुग्ने छ ।”

सञ्चारमन्त्री खरेलले नेपालमा भर्खरै स्थापना भएको र एउटा कोठाबाट उद्घाटन भएको एआई केन्द्रलाई थप प्रभावकारी बनाइने विश्वास व्यक्त गरे । मन्त्री खरेलले एआई स्मार्ट सिटी सेन्टरको अवलोकनका साथै त्यहाँका पदाधिकारी र विज्ञहरुसँग एआई प्रविधिको अवसर, सम्भावना, एआइको उपयोगिता र भविष्यबारे परामर्शसमेत गरेका थिए ।

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो । सञ्चारमन्त्री खरेलले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरेका छन् । सञ्चारमन्त्री खरेलका साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन् । फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फेलगायत सहभागी थिए ।

Health Tips Ad Road Block