काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको कार्तिक २३ गतेको बसेको संचालक समितिको ३५५औं बैठकले नगद लाभांश( करा प्रयोजनका लागि समेत) दिने निर्णय गरेको हो ।
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ ।






















