Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

असोज १८ पछिको बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ करोडको बीमा दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । असोज १८ गतेदेखिको बाढीपहिरोले क्षति पुर्याएका कारण बीमा कम्पनीहरुमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दाबी परेको छ । असोज १८ पछिको अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको र कुल ४३४ वटा बीमा दावीको आवेदन परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबी आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै इलाममा ६०, काठमाडौँ ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा ६१ करोडभन्दा बढीको दाबी परेको छ ।

प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्बभन्दा बढीको बीमा दावीको आवेदन परेको थियो । यस्तै गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो ।

Health Tips Ad Road Block