skip this News Page Tips Ad Road Block

कृषि विकास बैंकले शेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

जसमध्ये ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत(कर प्रयोजनका लागि समेत) नगद लाभांश रहेको छ । कार्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ११८७ औँ  बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैठकले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्रस्तावित लाभांश वितरण गरिनेछ।

Health Tips Ad Road Block