Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सातै प्रदेशका मुख्यमन्त्रीले भने–संघ सरकारसँग मिलेर अगाडि बढ्छौं

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीले संघ सरकारसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि आह्वान गरेको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्कीले पनि राजनीतिक दलसहित सबै पक्षसँग संवाद र छलफल अघि बढाएकामा सराहना गर्दै उनीहरुले निर्वाचनका पक्षमा वातावरण बनाउन यो कदम फलदायी हुने विश्वास व्यक्त गरे । मुख्यमन्त्रीहरूले शान्ति सुरक्षाको विषय निर्वाचनको प्रमुख चुनौती रहेकाले यसमा गम्भीरताका साथ लाग्नुपर्ने धारणा राखेका थिए । संघ, प्रदेश र स्थानीय सरकारले आपसी सहकार्य, समन्वय र सहअस्तित्वको भावनासहित काम गरेमा तोकिएकै मितिमा निर्वाचन गर्न सकिने उनीहरुको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले पनि बैठकपछि सह्राहना व्यक्त गर्दै भनेकी छन्, ‘जेन–जी आन्दोलनको भावना अनुरूप सरकार सञ्चालन र आगामी निर्वाचनका लागि शान्ति, सुरक्षा र स्थिरताको वातावरण सुदृढ गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूका साथ अर्थपूर्ण संवाद भयो। निर्वाचनको वातावरण निर्माणका लागि उहाँहरूले देखाउनुभएको सकारात्मक प्रतिबद्धताको म सह्राहना गर्दछु।

Health Tips Ad Road Block