Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्रपति पौडेल आज कतार जाने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा भोलिक कार्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पौडेल सम्मेलनमा सहभागी हुन सोमबार त्यहाँ प्रस्थान गने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार हुन लागेको सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । उनी कार्तिक २० गतै स्वदेश फर्कने कार्यक्रम छ ।

Health Tips Ad Road Block