Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुल विवाद हल गर्न वार्ता र संवादमा बस्न सरकार एवं उद्योगीलाई उद्योग परिसंघको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुल विवाद हल गर्न वार्ता र संवादमा बस्न सरकार एवं उद्योगीलाई परिसंघले आग्रह गरेको छ ।

वर्षौदेखी गिजोलिएको डेडिकेटेड र ट्रङ्कलाइन सम्बन्धी विवाद समाधान गर्न परिसंघले तत्कालिन सरकारलाई एक उच्चस्तरीय आयोग बनाउन सुझाव दिएको थियो । निजी क्षेत्रसमेतको सुझावका आधारमा सर्वोच्च अदालतका पूर्व न्यायाधिश गिरीशचन्द्र लालको अध्यक्षतामा डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनको विद्युत महसुलको विवाद समाधानका लागि जाँचबुझ आयोग गठन भएको थियो । सो आयोगले प्रतिवेदन सरकारलाई दिइसकेको र सरकारले समेत उक्त प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ ।

लामो समयदेखि यो विवाद समाधान हुन नसक्दा यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सन्देश प्रवाह नभईरहेको र यसको असर लगानीको वातावरणमा पर्ने हुँदा विवाद समाधान गर्न अति आवश्यक रहेको परिसंघको स्पष्ट बुझाई रहेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको, उत्पादनमुलक उद्योगहरुले न्यून क्षमतामा वस्तु उत्पादन गरि जेनतेन उद्योग संचालन गरिरहेको अवस्थामा केही उद्योगहरुमा प्राधिकरणले बिजुलीको लाइन काट्दा ती उद्योगहरु थप मर्कामा पर्नुका साथै ती उद्योगहरुमा कार्यरत श्रमिकहरु समेत मारमा परेको परिसंघको भनाइ छ ।

परिसंघले भनेको छ, ‘विवाद समाधानका लागि तत्काल वार्ता संवादमा बस्न उद्योगी एवं सरकारसमक्ष परिसंघ हार्दिक आग्रह गर्दछ । साथै आवश्यक परेमा सो वार्ता संवादका लागि सहजीकरण गर्न परिसंघ तयार रहेको समेत जानकारी गराउन चाहन्छौं ।’

Health Tips Ad Road Block