ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

आज पनि करिब ३ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

मूल्य कतिमा आइपुग्यो आज ?

काठमाडौं । आज पनि सुनको मूल्य तोलामा २९०० रुपैयाँले घटेको छ । मूल्य घटेर सुनको मूल्य प्रतितोला २ लाख ३७ हजारमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो २ लाख ३९ हजार ९ सय रुपैयाँमा सुनको किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको हो ।

चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला २९२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block