ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

थप उपचारका लागि देउवा दम्पती मध्यरातमा लागे सिंगापुर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार राति सिंगापुर पुगेका छन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती तिकित्सको सल्लाह अनुसार थप उपचारका लागि सिंगापुर गएको नेपाली कांग्रेसले जनाएको छ ।

उनीहरु सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ गएका हुन् ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उनले करिब एक महिना छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका थिए ।

Health Tips Ad Road Block