ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

दुई दिनमा १३ हजार ६ सय रुपैयाँले सुनको मूल्य घट्यो

काठमाडौं । दुई दिनमा नेपाली बजारमा सुनको मूल्य तोलामा १३ हजार ६ सय रुपैयाँले घटेको छ ।

तिहारको बिदापछि खुलेको नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ११ हजार ६ सय रुपैयाँले र सोमबार २ हजार रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ । हिजो २ लाख ४१ हजार ९ सय रुपैयाँ रहेको थियो । तिहार अघि कार्तिक ३ गते सोमबार भने बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो ।

यो बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा निरन्तर गिरावट आइरहेका कारण त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

आज नेपाली बजारमा चाँदी प्रतितोला २९८० रुपैयाँ रहेको छ । हिजोका तुलनामा चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।

Health Tips Ad Road Block