ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

तोलामा ११ हजार ६ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । तिहारको बिदापछि खुलेको नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुन चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको हो । चाँदीकाे मूल्य तोलामा २६५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको छ । कार्तिक ३ गते सोमबार भने बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको थियो ।

यो बीचमा अन्तर्राष्ट्रिय बजारमा मूल्यमा गिरावट आएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको हो ।

आज नेपाली बजारमा चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँ रहेको छ । तिहारभन्दा अगाडि कार्तिक ३ गते सोमबार चाँदी प्रतितोला तीन हजार २८० रुपैयाँ रहेको थियो ।

Health Tips Ad Road Block