Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

किसानहरुले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न सुदूर सरकारको निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानहरुले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । किसानहरुबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्रि शाहले मंगलबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिएका हुन् । उनले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरुले कार्यान्वयन नगरेको पाएईमा कारवाहीको दायरमा ल्याउन निर्देशन दिए ।टेलिफोन संवादमा मुख्यमन्त्री शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनु पर्ने बताए ।

२०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचना मार्फत मोटा धानको मूल्य प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ६२८ दशमलव ३३ रुपियाँ निर्धारण गरिएको जानकारी गराएका थिए । साथै उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउनका सबै पालिकालाई आग्रह गरेका थिए ।

टेलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका बसै स्थानीय तहहरुमा अनुगमन गर्ने बताएका थिए ।

Health Tips Ad Road Block