Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बैंकहरुले सिएसआरको रकम जेनजी आन्दोलनका घाइते र सहिद परिवारका लागि खर्च गर्नसक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अब बैंक, वित्तीय संस्थाहरुले सिएसआरको रकम जेनजी आन्दोलनका घाइते र सहिद परिवारका लागि खर्च गर्नसक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा पूर्वाधार विकास बैंकका लागि जारी गरिएको “बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन, २०८२) गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले, ‘जेनजी आन्दोलनमा घाइते भई सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्च र जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्घि गर्न सहयोग पुर्याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्च ।’ गर्नसक्ने भनेको छ ।

Health Tips Ad Road Block