काठमाडौं । जेनजी आन्दोलन चर्केपछि आफ्नो ज्यान खतरामा रहेको भन्दै अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । फ्रान्सको विमान चढेर उनी भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
गत सेप्टेम्बर २५ देखि सुरु जेनजीको देशव्यापी आन्दोलन थप चर्किंदै गएपछि आइतबारदेखि भूमिगत भएका राष्ट्रपति राजोएलिना भागेर फ्रान्स पुगेका हुन् ।
उनले सोमबार राति फेसबुकमार्फत देशवासीलाई सम्बोधन गर्दै आफ्नो ज्यानको सुरक्षाका कारण सुरक्षित स्थानमा जानुपरेको बताएका हुन् ।
राष्ट्रपतिले देश छाडेर भागेपनि माडागास्करमा जेनजी आन्दोलन अझै जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।




















