Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धिदर ४.६१ प्रतिशत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।

चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड विनियोजन भएकोमा तीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ प्रमुख झलकहरुः

Health Tips Ad Road Block