काठमाडौं । ‘ उज्यालो र खुशीको पर्व आउँदैछ ! अब घर सजाउने जिम्मा Bhetayo लाई दिनुहोस् ! हर्ष, खुशी र उज्यालोले भरिएको तिहार पर्व नजिकिँदैछ। घर झिलिमिली बत्तीले उज्यालो पार्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस – Bhetayo ले ल्याएको छ सजिलो र झन्झटमुक्त उपाय – झिलिमिली लाइट्स प्याकेज।’ भेटायाेकाे याे प्याकेज हाे ।
कम्पनीकाअनुसार Bhetayo को प्याकेज रु. ६१०० बाट सुरु हुने जहाँ ग्राहकले आफ्नो घर अनुसार २०, ४०, ६० वा ८० लाइट्स रोज्न सक्नेछन्।यस प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश रहेकाे कम्पनीकाे भनाई छ। कम्पनीले भनेकाे छ, अब तपाईंले केही गर्नुपर्दैन — Bhetayo ले सबै व्यवस्था गर्छ, तपाईं केवल उत्सवको रमाइलो लिनुहोस्।
कम्पनीका अनुसार यदि कसैले आफैसँग भएको झिलिमिलि लाईट जडान मात्र गर्न चाहन्छन् भने भेटायोका अनुभवी इलेक्ट्रिसियनहरू द्वारा प्रति स्ट्रिप रु. ११० मा सुरक्षित र छरितो रूपमा जडान गरिनेछ।
त्यति मात्र होइन! तिहार अघि घर सफा गर्नुछ? कपडा धुनुछ? वा प्लम्बिङ्ग मिलाउनुछ?
अब यी सबैका लागि पनि Bhetayo ले ल्याएको छ विशेष तिहार अफर । क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य धेरै सेवाहरूमा छुटसहित यी सबै सेवाहरू Bhetayo App बाट सजिलै बुक गर्न सकिने कम्पनीकाे भनाई छ।





















