काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भन्दै पुरै गलत र तथ्यहीन प्रचार गराइएको भन्दै प्रहरीमा उजुरी परेको छ । यसरी झुठ्ठा सामग्री प्रबाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको भन्दै उजुरी गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सचिवालयले भनेको छ, ‘सामाजिक संजालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ ।’
प्रचण्डको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।






















