काठमाडौं । आज मंगलबार असोज २१ गते नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलाको २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएर मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा मूल्य तोलामा २३०० रुपैयाँले बढेको हो ।
हिजो २ लाख ३३ हजार १०० रुपैयाँमा सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । अस्ति १९ गते तोलाको २ लाख ३० हजार ६०० रुपैयाँमा सुनको मूल्यले रेकर्ड बनाएको थियो ।
चाँदी प्रतितोला २९६० रुपैयाँको रेकर्डको विन्दुमा कारोबार भएको महासंघले जनाएको छ ।






















