Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महामारीबाट बच्न पानी उमालेर वा शुद्धिकरण गरेर मात्रै पिउन सरकारी आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । निरन्तरको वर्षाको समयमा महामारी फैलिनबाट बच्न पानीलाई उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै वर्षातको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँ, निमोनिया, रुघाखोकी जस्ता पानीजन्य, सङ्क्रमण रोगको जोखिम बढ्ने भन्दै यस्तो आग्रह गरेको हो ।

वर्षातको मौसममा खानेपानीका स्रोत दूषित हुने हुनाले पानीलाई शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरिएको हाे । मन्त्रालयका अनुसार शुद्धिकरण गरेको पानी पिउने गरेमा पानीजन्य रोग लाग्नबाट बच्न सकिन्छ ।

त्यस्तै झाडापखाला, हैजा आउँ, निमोनिया रुघाखोकी तथा टाइफाइडजस्ता पानीजन्य रोगको लक्षण देखिएमा हेलचेक्रयाँई नगरी तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Health Tips Ad Road Block