skip this News Page Tips Ad Road Block

क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना चिनियाँ नागरिक बुटवलबाट पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

रुपन्देही । क्रिप्टोकरेन्सी कारोबार गर्ने ७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. १२ स्थितमा विगत केही दिन अगाडिदेखि चिनियाँ नागरिकहरुले कानूनले निषेधित गरेको विभिन्न Apps र Website हरु मार्फत अभौतिक मुद्रा (किप्टोकरेन्सी) को कारोबार गरिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुटवल उप महानगरपालिका वडा नं. १२ स्थितबाट विभिन्न अभौतिक मुद्रा (किप्टोकरेन्सी) Apps र Website (Binance Apps, OKS Apps, INTOKEN Apps, Paytm, Bhim Apps, Mobikwik, Phonepe) मार्फत कारोबार गरिरहेकाे अवस्थामा उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरु यसप्रकार छन्ः

१. राहदानी नम्वर राहदानी नं. ER4733828 भएको वर्ष ४९ को XIONG GUOFU |

२. राहदानी नम्बर राहदानी नं. EB283321 भएको वर्ष ४३ को HU GANG |

३. राहदानी नम्वर EK2235349 भएको वर्ष ४५ को LI XUANHEI

४. राहदानी नम्बर EP9009232 भएको वर्ष ३६ को SUN HUI

५. राहदानी नम्वर E06886306 भएको वर्ष ३५ को ZHAO QIUCHEN |

६. राहदानी नम्वर ER8413596 भएको वर्ष ३१ को XIANG JIASHUN I

७. राहदानी नम्बर EP6524364 भएको वर्ष ४५ को LI. BIN ।

प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार उनीहरूका साथबाट विभिन्न सामानहरु पनि बरामद गरिएकाे छ ।

बरामद सामानहरूः

१. विभिन्न कम्पनीका मोबाईल थान ११

२. ल्यापटप थान ०२

Health Tips Ad Road Block