Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सोह्र वर्ष उमेर पुगेकाहरुलाई भोट हाल्ने अवसरका लागि कार्तिकसम्म नाम दर्ता गर्न सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित भएको मतदाता नामावली सङ्कलन कार्य पुनः सुरु भएको छ । निर्वाचन आयोगको निर्णयअनुसार मिति २०८२ कातिक ३० गतेसम्म यो कार्य सञ्चालन हुनेछ । आयोगका अनुसार यस अवधिमा १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका तर यसअघि मतदाता नामावलीमा नाम दर्ता नभएका नागरिकहरूले दर्ता गर्न सक्नेछन् ।

दर्ता प्रक्रिया सार्वजनिक विदा बाहेक विहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा सम्पन्न गर्न सकिने व्यवस्था मिलाइएको छ । मतदाता नामावली दर्ता गर्न आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन प्रणाली प्रयोग गरी आवेदन भर्न सकिनेछ । त्यसपछि सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा गएर जैविक (बायोमेट्रिक) विवरण उपलब्ध गराउनुपर्नेछ ।

Health Tips Ad Road Block