Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हर्षोत्सव : दशैं-तिहार मनाउनुहोस् फोटोन ईभी भ्यान र TM1 सँगै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं ।  दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन TM1 मा लिमिटेड टाइम स्पेसल अफर ल्याएको छ। यसले नेपालीहरूको महान चाडको बेलामा गाडी लिन अझ सजिलो, लाभदायक र रमाइलो बनाउने बताइएकाे छ। यो दशैंमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउँदैछ। ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउनेछन्। त्यसमा थप, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुंग मोबाइल A07 (6+128GB) उपहारको रूपमा दिइनेछ, जसले यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउने छ।

यो उपहारसँगै यस अफरमा १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स समावेश छन्। फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म नि:शुल्क सर्भिसिंग र फ्रन्ट ब्रेक प्याडको सेट पनि नि:शुल्क उपलब्ध हुनेछ र ग्राहकहरूका लागि अन्तिम बोनस स्वरूप, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्ने जनाएकाे छ।

‘फोटोन TM1 दशैं स्किममा पनि आकर्षक अफरहरू छन्। TM1 अब दशैं विशेष मूल्य रु. २६,९९,००० (रु. ६,७५,००० छुटपछि) मा उपलब्ध हुनेछ। साथै हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन्। सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा क्यासलेस बीमा नि:शुल्क दिइनेछ। त्यसैगरी पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै भर्ने भएकाले यो अफर अझै सजिलो र लाभदायक बनेको छ।’ कम्पनीले भनेकाे छ ।

यी अफर मार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, भ्याल्यु, केयर र इको-फ्रेन्डली मोबिलिटी पनि उपहार दिने कम्पनीकाे भनाइ छ। ईभी भ्यान र TM1 दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरू हुन्, जसमा अब दशैं–तिहार बोनस पनि थपिएको छ।

फोटोनले सबैलाई नजिकको शोरुममा आउन, आएर यी चाडपर्व विशेष स्किमहरू हेर्न र यस उत्सवलाई नयाँ फोटोन गाडी लिएर अझै रमाइलो बनाउन भनेकाे छ। थप जानकारीका लागि ९८०२३७५४२१ / ९८०२३४०६७१ मा सम्पर्क गर्न भनेकाे छ।

 

Health Tips Ad Road Block