काठमाडौं । सुनको मूल्यले आज असोज ८ गते बुधबार पनि नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।
२ लाख २३ हजार रुपैयाँ तोलामा पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार मात्रै २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएर सुनको मूल्यले रेकर्ड बनाएको थियो । मंगलबारको रेकर्ड आज बुधबार तोडिएको हो ।
त्यसैगरी चाँदीको मूल्य पनि नयाँ रेकर्डको विन्दुमा पुगेको छ । तोलाको २७०० रुपैयाँ चाँदीको मूल्य आज कायम भएको छ । हिजो २६८० रुपैयाँ रहेको थियो ।

मूल्य अचाक्लि बढ्दै गएपछि नेपालीको पहुँचबाहिर सुन पुगिसकेको छ ।






















