skip this News Page Tips Ad Road Block

सदूरपश्चिम प्रदेश सरकारले मंसिरमा गर्ने भनेको लगानी सम्मेलन अन्योलमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आगामी मंसिरमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अन्योल बनेको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशअन्तर्गतका भौतिक संरचना ध्वस्त भएपछि प्रदेश लगानी तथा विकास सम्मेलनबारे अन्योलता बढेको हो । सुदूरपश्चिम प्रदेश सरकारले आउने मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश विकास तथा लगानी सम्मेलन धनगढीमा आयोजना गर्ने निर्णय गरेको थियो । लगानी सम्मेलनका लागि विगत तीन वर्षदेखि तयारी हुँदै आएको थियो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अब लगानी तथा विकास सम्मेलन नै नहुने वातावरण सिर्जना प्रदेश सरकारका जिम्मेवार मन्त्रिहरुको भनाइ छ । ‘पछिल्लो परिस्थितिका कारण एक त सम्मेलन आयोजना गर्ने अवस्था छैन अर्काे यहाँको विध्वंसात्मक स्थिति देखेपछि लगानीकर्ताहरु लगानी गर्न उत्साहित हुँदैनन् ।’ प्रदेश सरकारका जिम्मेवार अधिकारीहरु बताउँछन् ।

आन्दोलनका कारण भएको आगजनीबाट सुदूरपश्चिम प्रदेश सभासहित, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, विभिन्न मन्त्रालय नष्ट भएका छन् ।

Health Tips Ad Road Block